Thursday, February 23, 2012

सहिद (?)


बुज्यौ बुर्जुआ जनता हो, 
आज ता "अकबरेले" नि सलाम खायो, 
बाँचुन्जेल गाँजा खायो, 
चन्दन-खएर, गोलाई चपायो, 
अस्तिन क्या त, "बनबिरेले" गोली चलायो, 
"अकबरे"लाई ड्याङ्ग लायो, 
सोर्स-फोर्सले `सहिद` बनायो, 
हेर् त आज !! 
ये राता मकै!!  
१२ तोपको गोली पायो, 
खादा, भत्ता, लाखौं कमायो !! 
थुक्क तेरो भाग्य नि के भनौ खोइ ? 
त्यो जाबो पनि सहिद? भो अब! 
ए बाबा!!


Martyr Day Nepal - Rajesh KC Phalano cartoon

थांगने हजुरबाको कोठे भित्तोमा, 
तेस्को आनुहर काठे फ्रेमको एक बित्तोमा, 
ट्वाल्ल-ट्वाल्लति गाँठे, 
अझै नि लाटीले कुन्नि के हेर्या जस्तो! 
जुम्सो, अझै कति रिसउठ्दो गरि झुण्ड्या छ भने, 
प्वाक्क मुखमा हानु जस्तो! 
उही इतिहास ढाँटने त हो, हाम्लाई थाहा छैन,  
नत्र सहिद दिवसको दिन  
'अकबरे' को बा' माघाँ गोरु नार्न जान्छु, 
भन्दै "बैद्य"को मा गफ हाल्न जान्छन् त ? 
वाहियातको सहिद, निल्नु न वोकेल्नु!! 
ए सुन् सुन्!! यसै भो तेस्सै भो, 
"सुन्तले" को परिवारले नि सार्है दुक्ख पायो, 
एस्लाई सहिद बनाउने परपंच तँ मिला, 
परेको म बेहोर्छू!! 
थोरै दियौन हो येस्ले नि रगत, 
देस र जनताको लागि, 
खार खुर १८ पिन्ट पो चडी सक्यो त!! 
मुकुन्दे!!  
हजुर साप ! 
येस्लाई नि सहिद घोसना गर्र-गर्!! 
नियम कडा छ, 
छिटो गर् नत्र बन्दुक घराँ छ !!


~ गुन्जन खनाल (सहिद दिवसको सन्दर्भमा)
तस्विर: राजेश केसीको फलानो 
(http://www.aakarpost.com) le chapya jastai

No comments:

Post a Comment