Tuesday, February 9, 2016

Lets Join the parties again

picture take from google 
Our ex-prime minister Sushil Koirala has passed away today. He might not be the best and popular leaders we had but he was certainly very different. He was not  bad if not good. While there is/was always-soft core for NC in me, I am/was never a blind supporter. The corrupt and sick mentality of people leading the party and many times the sear importance of being in a party with thugs leading and weapons dragged for no real reason had deterred myself and perhaps many of our friends from the party system, whether in NC or not. No doubt many enjoyed the situation for many reasons but most of them were scarred and scared. What I have learned in these long years is that a new group with like headed may not always make up to the mark. A good example is the rise and fall of Mawobadi party and the unfortunate fate of million dreams. Structuring a brand new structure to develop into a party was way too difficult than everybody thought. The spectacular disintegration of Mawadi party is a message to many. It takes time to evolve a group into a party and a party into an administrative body equipped with characters to run the country. The failure to deliver by Aam Adami Party in India is other example. I have a mindset change and I would like to urge others to ponder about. It is important for us to be in a party now to represent the party and share ‘our’ thoughts. I know it sounds odd and crazy but there is no way sitting back and searching ways to improve the situation. Thugs, looters and bullies should not run a democratic country. The pellet throwers, gun waggers may ignite revolution but they should not be the future of the country. There is a dangerous trend in our party system that we hear from the top order and change our views. While one shares similar thought with the party, it does not necessarily mean one cannot have a different view and go for it. Whichever party wins a country should never lose. A country may change but never lose if all the parties are filled with progressive, educated and creative thinkers. It’s important for us to infiltrate parties again for good. It’s important that you represent voices loud and clear. There should be a clear professional approach to a party and a very critical approach to partie’s decisions. It is time to join your favorite parties again and for good. It is going to be a long and arduous way but we want to see the change in our generation.

Friday, August 14, 2015

हिरा खोज्ने धुनमा

हिरा खोज्ने धुनमा म
सारा जीवन बिताएको मान्छे,
हारै हार भो जीन्दगी भार, कस्तो बंग्य,
हारले नै जित सिकाएको मान्छे,
पछारिएर कुना कोप्चा -अफ्टेरोमा,
लतारिएर बिना चैन अनेक कप्टेरोमा,
न रात न दिन न खाने बेला,
न बैंस न रुप न कैले सौख पलें होला,
बस लतारिनु र पछारिनु,
बस लतारिनु र पछारिनु,
आजै पाइन्छ कि त झैँ हतारिनु,
हिजोको खाल्टो भित्र छिर्नु कि,
आज नयाँ खाल्टो खन्नु ?
कि कति खाल्टा भए छन्,
आजको दिन यसै गन्नु ?
खाल्टै खाल्टा परि सकेका छन्,
एक तमास हेर्छु, सुस्ताउँछु,
डिलमा बसेर मुस्काउचु,
अनि आफ्नै गित गाउँछु,
बैंस त गयो बरै हिरा खोज्ने धुनमा,
कोही पाए हुन्थ्यो रख्नी थिएँ मुनमा,
मन आहत हुन्छ,
सबै गुमाएको, केहि नपाएकोमा,
एक्कासी कला हुन्छ मन-संसार,
छोपौला झैँ गर्छ, चिन्ता निराकार,
तर भन्छु, यी जित्लास,
आज फेरी अर्को खाल्टो खान्छु,
ठुलो र भयङ्कर,
कोदालीले चट चट माटो काट्छ,
खन्तीले ढुंगा उप्काउन्छ,
म आनन्दित् हुन्छु,

यो पालि पक्कै हिरा पाईनछ ।

Sunday, August 3, 2014

मोदीको सम्बोधन र उनका ५ महत्वपूर्ण कुरा

नरेन्द्र मोदी : onlinekhabar 
भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले अगस्त २ मा नेपालको संबिधान सभामा गरेको सम्बोधनले भारत प्रति कटु विचार राख्ने धेरै नेपालीलाई फेरी एक चोटी सोच्न बाध्य परेको छ। १७ बर्स पछि नेपाल सम्झेर आएका भारतका प्रधानमन्त्रिले नेपाल आफ्नो हृदयी मित्र रहेको र विभिन्न कारणले नेपाल भारतको लागि महत्वपूर्ण रहेको बारे प्रस्ट बनाउन कुनै कसर बाँकि छोडेनन। राष्ट्रियतामा भावुक हुने धेरै नेपालीलाई 'नेपाली' मै सम्बोधन गर्दा पक्कै गर्व अनुभिती भएको हुनु पर्छ। उनको यो प्रयास अती नै सर्हानिय र कुटनितिक थियो। उनले बुद्ध नेपाल मै जन्मेका हुन्, नेपाल एउटा सार्भाभौम मुलुक हो र 'निर्णय नेपालले गर्ने हो त्यसको साथ भारतले दिने हो' भनेर स्पस्ट रुपमा नेपालीहरुको मनमा रहेको कुनै पनि संका दुर गर्ने प्रयास गरे। त्यती हुँदा पनि मोदीको भाषण सबैलाई चित्त बुझेको होला जस्तो मलाई लाग्दैन ।

Thursday, December 19, 2013

किन नेपालमा मोन्सान्टोको बिउ आउन नदिने ?

Photo from: http://goo.gl/gKo6P
यो लेख्दा सम्म mysansar ब्लगमा मोन्सान्टोले पहिले नै नेपाल प्रवेश गरिसकेको तथ्य त थाहा भैसक्यो... मोन्सान्टो वर्षौँअघि नेपाल भित्रिसकेको रहेछ…र नेपाली किसानलाई बर्बाद पारिसकेको रहेछ। अब त ‘इन्द्रेको-बाउ-चन्द्रे’ आए नि मोन्सान्टोलाइ नेपाल आउनबाट कसैले रोक्न सक्दैन ! बरु अलि प्रयास गरे बाहिर सम्म चाहीं धकल्लान !!
तर किन धकल्ने? किन मोन्सान्टो दाई प्रती एती सख्ती हो ? जाबो hybrid बिउ त जोलेनी ल्याका छन् केरे नि ! बारीमा फलाका छन्।  फलेकै छ गाँठे। अझ मोन्सान्टो जस्तो विश्व विख्यात (कुख्यात !) कम्पनीले पठाउन लागेको बिउ राम्रै पो भै हाल्छ कि? के-को आधारमा मोन्सान्टोलाई रोक्ने? किन रोक्ने ? अणुवंसिक परिवर्तन (genetic modification !) गरेको बिउ भए पो डराउने। नाथे hybrid त जता ततै किन्न, रोप्न, खान पाइन्छ केरे नि। रोक्ने नै भए सप्पैलाई रोक्न सक्नु पर्यो होइन भने मोन्सान्टो दाईलाई अन्याय गर्नु भएन। बेला-बेला कतै नोरोपेको बिउ ‘रोपेर टन्न फल्छ’ भन्नेको झुठको पछि लाग्दा नेपालीले दुख पाको चाहिं हो है।  तर कार्यवाही खोइ त?  त्यो चै सर्खार्को सानि मा’ ले गर्ने हो ? (अणुवंसिक परिवर्तन गरिएको र hybrid को भिन्नताको सहज बर्णन हेर्न जुजु भाईको पसलमा जानु होला….  … होरी ह्याँ किलिक्क पारम।)
‘होइन यो ‘‘गिदी’’ कति मोन्सान्टोलाई ‘‘दाई-दाई’’ भनेर नाता गांस्छ’ जस्तो लाग्छ भने मोन्सान्टोलाई ‘राष्ट्रिय कृषि उपर घोर सड्यन्त्र’ वा ‘राष्ट्रिय कृषि उपर खतरा’को बिल्ला झुन्यायेर सरकारी स्थरबाट निर्णय गर्न सक्नु पर्यो। होइन मोन्सान्टोको ‘सक्तिसाली अन्तरिक गठबन्धनका’ कारण नेपाल सरकार एसो गर्न असमर्थ छ भने, ‘’बिबादास्पद मोन्सान्टोको बिषयमा सरकार दुबिधामा छ र ‘पर्ख र हेरेको’ नीति अवलम्भन गरेको अवस्ता हो’’ भनेर ४-५ बर्सको लागी यो ‘चोर-पुलिसको’ खेल बन्द गरियोस। पछि मोन्सान्टो दाई अलि कम उरंठ्यौला भए भने ‘आउ’ भन्ने बाटो राख्नु त पर्यो नि !
‘अणुवंसिक परिवर्तन (genetic modification) गरेको बिउको बारेमा त प्रश्नै नगर्नुस, हुन्न’ भनेर भन्ने हो भने उपाय के त ? कसरि बढाउने नेपालमा कृषि उब्जनी ? जनसंख्याले डाँडा काँडा ढाके बाबै ! पुरानै खेतीले चल्छ भन्ने सोचेको हो र? …. रेला नगर न यार ! नयाँ तरिकाले सोच्नु पर्यो नि। क्रान्तिकारी तरिकाले ! त्यसकोको लागि कृषि निति स्पस्ट हुनु पर्यो, जनताले सरोकार राख्नु पर्यो र सरकार निर्द्रिस्ट हुनु पर्यो। नत्र गरिबी, सामाजिक परिवर्तन र जलबायुको जलनले हावा फुस्किने त सुनिस्चित छ।
पहिले पर्याप्त मात्रामा र भनेको बेलामा मल ल्याइदेउ प्रभो  …… आच्या त्यो त आत्ति भो।

Monday, May 7, 2012

मकै र आलुको नेपाल यात्रा


 






इतिहास यस्तो चिज रहेछ जसको जानकार हुनसके हाम्रो आम मानसमा रहेको अनेक अन्नुतरित प्रश्नहरुको उत्तर मिल्ने रहेछ। इतिहासको ज्ञान बेगर हामी सधैं जीवनक्रमको सानो कालखण्डमा सिमित हुने छौँ र समाजमा ज्ञानको अभावमा उब्जेका अनेकौं भ्रन्तिहरुमा जिउन बाध्य हुने छौँ। संसार सधैं यस्तो थिएन है भनेर पनि जान्नु अति नै आवस्यक हुन्छ, किनकि हामी भन्दा पहिला अनेकौं पुस्ताहरु यो संसारमा बाँचेर बिदा भै सके। आज हामीले अनुभव गरिरहेको समाज र यहाँको चाल-चलन संधै यस्तै नै थियो भन्ने सोच्नु मुर्खता हुन आउंछ। यसै कुराको उदाहरण स्वरूप लेखिएको हो यो खेस्रा।

Wednesday, April 25, 2012

ईटलीका भित्ताहरु : पिसा, फ्लोरेन्स र भेनिस- १



यो वर्ष इस्टरमा झन्नै एक हप्ता बिदा हुने भयो। 'इस्टर' क्रिस्टियन धर्ममा आस्था राख्नेहरुको लागि महत्वपूर्ण चाड हो। हामीलाई भने डेनमार्कको ठण्डी छल्ने यो भन्दा राम्रो बहाना सायदै मिल्थ्यो होला। हामीले फटा-फट इटलीको सौन्दर्य र इतिहासको प्रतक्षि हुने योजना तयार पार्यौ। फेरी इटली डेनमार्क भन्दा धेरै तातो पनि छ। इटली हामीले तेस्सै चुनेका थिएनौ। इटली यस्तो राष्ट्र हो जसले आधुनिक युरोपको रेखांकन गरेको थियो। इटलीको दक्षिनी भू-भागको समतल र उर्बरी भूमिले पहिला ग्रीकहरुलाई आकर्सित गरेको थियो। उनीहरुले त्यहाँ राम्रै जरा गाडेका थिए। तर इटली र सम्पूर्ण पश्चिमा मुलुकहरुको भाग्य भने रोमनहरुले निर्धारण गरे। रोम आहिले पनि इटलीको राजधानी हो। भलै रोमनहरु खण्ड-खण्ड भए र समाप्त पारिए तर रोमनहरुको प्रभाव इटाली र सम्पूर्ण युरोपबाट कहिलै गएन। रोमनहरुले ५०९ बि.सि मै राजतन्त्रलाई उखेलेर गणतन्त्रलाई अंगालेका थिए। झन्नै ५०० वर्षको गणतन्त्र पछि रोममा रोमन  सम्राठहरुको राज हुन लाग्यो जसको कारण थियो चरम भ्रस्टाचार। तर गणतन्त्र भएकै बेला सुरु भएको सिमा विस्तार सम्राठहरुको बेला चरममा पुग्यो। त्यति बेला झन्नै सबै युरोप र मेडीटेरियन भू-भाग सब्बै रोमनहरुको कब्जामा थियो। तेसै कारण सम्पूर्ण युरोपमा भाषा, धर्म, कलाकारिता, दर्सन, कानुन र सासनको विस्तार भयो।रोमनहरु ठुला-ठुला मन्दिर, भब्य महल बनाउन माहिर थिए। रोममा अहिले पनि ठडिएको 'कोलिसियम' विश्वका ७ आश्चर्य मध्येको एक हो। अझ रोमन ससक कन्सेसटाइनले क्रिस्टियन धर्म अंगाले पछि सायद क्रिस्टियन धर्मले नै नयाँ आयाम पायो र फल स्वरूप बनेका 'रोमन क्याथोलिक चर्च' को भव्यता र सुन्दरताको महत्व बेग्लै छ। तर धेरै लामो समय सम्म चलेको रोमन सासकको सत्ताले अरु जस्तै एक दिन धुलो चाट्नु नै थियो, १४५३ ए.डीमा आएर समाप्त नै भयो।

तर इटलीको गौरव र पुर्खाबाट सिकेको सिप तेस्सै खेर कहाँ जान्थ्यो र खण्ड-खण्ड इटलीमा कला, बिज्ञान, धर्म राम्रै मौलायो। युद्धले भताभुङ्ग इटली १३-१६रौँ सताब्दीमा फेरी नयाँ काँचुली फेर्न सफल भयो। यस संग-संगै युद्ध ग्रसित सारा युरोपले पनि काँचुली फेर्यो। यी वर्षहरुमा इटलीले लियोनार्दो दा भिन्ची, माइकलअन्जेलो, ग्यालिलियो ग्यालिली जस्ता अनेकौं  आद्भुत प्रतिभाहरु जन्मायो। इटली कलाको संग्रहको रुपमा बिकसित हुनथाल्यो। तिनै कला, संस्कृति र त्यो बिग्न इतिहास बोकेको इटली कस्तो रहेछ अलि-अलि भने पनि महसुस गर्न हामीले इटली रोजेका थियौ।
संक्षितमा इटलीको रोचकता:

  1. रोमन साम्राज्य
  2. कवि-दाँते, लियोनार्दो दा भिन्ची, कलाकार-माइकलअन्जेलो, 
  3. बैज्ञानिक- ग्यालिलियो ग्यालिली, बिस्व यात्री-मार्क पोलो, कोलम्बस-जसले अमेरिका पत्ता लगाए, 
  4. पियानो र भायोलिन र ओपेराको उद्गम इस्तल.
  5. एक्ष्प्रेस्सो कफी र पिज्जाको देस.
  6. Versace, Gucci, Armani जस्ता विश्व विख्यात फेसन ब्रान्डको देस
  7.  बिंगो खेल र आधुनिक ब्यान्किंगको उद्गम
  8. 'कोलिसियम' विश्वका ७औं आश्चर्य भएको देस

Tuesday, March 13, 2012

नेपाली खोज्न छोडेको दिन- प्रसङ्ग

 आर्हुसमा ग्रीन-अम्ब्रेल्ला भन्ने संस्थाले निकालेको झाँकी 
कुरा आर्हुस भन्ने डेनमार्कको राजधानी (कोपनहेगन) पछिको ठुलो सहरको हो। त्यो कोपनहेगन भन्दा ३०० कि. मि. टाडा पर्छ। हामी स्नातकोत्तरको पढाईको लागि विश्वबिद्यालयमा भक्खर भर्ना भएका थियौ। दोस्रो ठुलो भने पनि यहाँका सहरहरु साना हुन्छन्, पुराना घर सम्हालेर राख्नु र बडो राम्रोसंग भित्री कोठा सजाउनु यहाँको बिषेसता हो जस्तो लाग्छ। यो विश्वकै सफा देस मध्य एक हो। येहाँ बडेमानको घर देख्नु पनि बिरलै पाइन्छ। एउटा इन्डियनले त, 'यहाँ से बडीयाँ सिटी तो इंडिया मे हैं' भनेको नि सुने। हाँसो लग्यो। डेनमार्क सानो मुलुक हो (नेपाल भन्दा ३ भाग सानो) र येहाँ थोरै मान्छेले बसो बस गर्छन् (५.५ मिल.)। येहाँका मान्छेले बिदेसीले डेनिश भाषा नै बोल्देयोस भन्ने  चाहना गर्ने रहेछन्। विश्वबिद्यालय वरिपरी र कोपनहेगनमा भाषाको तेत्ति सार्हो समस्या नपरे पनि अन्त त निकै अफ्टेरो पनि पर्न सक्ने रहेछ। हाम्रो पढाई भने चाहिं अंग्रेजी मै हुन्थ्यो है।