Saturday, April 16, 2011

नव वर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना !




सबैलाई स-प्रेम सम्झना,
ज्यान रहे जहान भन्ने चलन छ । सबैको ज्यान रहोस भन्ने कामना-सर्वप्रथम ।
प्रचण्डको मुक्की, मा. कु. ने.को उक्ति, झल्लुको जुक्ति र गिरिजाको मुक्तिबाट चल्न नसकेको देशमा यो वर्ष केहि होस् भनेर सबैले प्रार्थना गर्याछन् । देश यस्तै रहे, नेपाली हो, भनेर चिनारी राख्ने जो-कोहि जहाँ-कहीँ रहे पनि कसैको भलो  नहुने कुरा चेतना भया । हातमा हात राखेर बसेर 'खै गाई त भिरबाट खस्न लग्यो' भनेर 'छुचुन्द्रे' भएर बस्यो भने गाई भिरबाट मात्रै खस्दैन सबैलाई खसाल्छ ।