Monday, May 7, 2012

मकै र आलुको नेपाल यात्रा


 






इतिहास यस्तो चिज रहेछ जसको जानकार हुनसके हाम्रो आम मानसमा रहेको अनेक अन्नुतरित प्रश्नहरुको उत्तर मिल्ने रहेछ। इतिहासको ज्ञान बेगर हामी सधैं जीवनक्रमको सानो कालखण्डमा सिमित हुने छौँ र समाजमा ज्ञानको अभावमा उब्जेका अनेकौं भ्रन्तिहरुमा जिउन बाध्य हुने छौँ। संसार सधैं यस्तो थिएन है भनेर पनि जान्नु अति नै आवस्यक हुन्छ, किनकि हामी भन्दा पहिला अनेकौं पुस्ताहरु यो संसारमा बाँचेर बिदा भै सके। आज हामीले अनुभव गरिरहेको समाज र यहाँको चाल-चलन संधै यस्तै नै थियो भन्ने सोच्नु मुर्खता हुन आउंछ। यसै कुराको उदाहरण स्वरूप लेखिएको हो यो खेस्रा।

Wednesday, April 25, 2012

ईटलीका भित्ताहरु : पिसा, फ्लोरेन्स र भेनिस- १



यो वर्ष इस्टरमा झन्नै एक हप्ता बिदा हुने भयो। 'इस्टर' क्रिस्टियन धर्ममा आस्था राख्नेहरुको लागि महत्वपूर्ण चाड हो। हामीलाई भने डेनमार्कको ठण्डी छल्ने यो भन्दा राम्रो बहाना सायदै मिल्थ्यो होला। हामीले फटा-फट इटलीको सौन्दर्य र इतिहासको प्रतक्षि हुने योजना तयार पार्यौ। फेरी इटली डेनमार्क भन्दा धेरै तातो पनि छ। इटली हामीले तेस्सै चुनेका थिएनौ। इटली यस्तो राष्ट्र हो जसले आधुनिक युरोपको रेखांकन गरेको थियो। इटलीको दक्षिनी भू-भागको समतल र उर्बरी भूमिले पहिला ग्रीकहरुलाई आकर्सित गरेको थियो। उनीहरुले त्यहाँ राम्रै जरा गाडेका थिए। तर इटली र सम्पूर्ण पश्चिमा मुलुकहरुको भाग्य भने रोमनहरुले निर्धारण गरे। रोम आहिले पनि इटलीको राजधानी हो। भलै रोमनहरु खण्ड-खण्ड भए र समाप्त पारिए तर रोमनहरुको प्रभाव इटाली र सम्पूर्ण युरोपबाट कहिलै गएन। रोमनहरुले ५०९ बि.सि मै राजतन्त्रलाई उखेलेर गणतन्त्रलाई अंगालेका थिए। झन्नै ५०० वर्षको गणतन्त्र पछि रोममा रोमन  सम्राठहरुको राज हुन लाग्यो जसको कारण थियो चरम भ्रस्टाचार। तर गणतन्त्र भएकै बेला सुरु भएको सिमा विस्तार सम्राठहरुको बेला चरममा पुग्यो। त्यति बेला झन्नै सबै युरोप र मेडीटेरियन भू-भाग सब्बै रोमनहरुको कब्जामा थियो। तेसै कारण सम्पूर्ण युरोपमा भाषा, धर्म, कलाकारिता, दर्सन, कानुन र सासनको विस्तार भयो।रोमनहरु ठुला-ठुला मन्दिर, भब्य महल बनाउन माहिर थिए। रोममा अहिले पनि ठडिएको 'कोलिसियम' विश्वका ७ आश्चर्य मध्येको एक हो। अझ रोमन ससक कन्सेसटाइनले क्रिस्टियन धर्म अंगाले पछि सायद क्रिस्टियन धर्मले नै नयाँ आयाम पायो र फल स्वरूप बनेका 'रोमन क्याथोलिक चर्च' को भव्यता र सुन्दरताको महत्व बेग्लै छ। तर धेरै लामो समय सम्म चलेको रोमन सासकको सत्ताले अरु जस्तै एक दिन धुलो चाट्नु नै थियो, १४५३ ए.डीमा आएर समाप्त नै भयो।

तर इटलीको गौरव र पुर्खाबाट सिकेको सिप तेस्सै खेर कहाँ जान्थ्यो र खण्ड-खण्ड इटलीमा कला, बिज्ञान, धर्म राम्रै मौलायो। युद्धले भताभुङ्ग इटली १३-१६रौँ सताब्दीमा फेरी नयाँ काँचुली फेर्न सफल भयो। यस संग-संगै युद्ध ग्रसित सारा युरोपले पनि काँचुली फेर्यो। यी वर्षहरुमा इटलीले लियोनार्दो दा भिन्ची, माइकलअन्जेलो, ग्यालिलियो ग्यालिली जस्ता अनेकौं  आद्भुत प्रतिभाहरु जन्मायो। इटली कलाको संग्रहको रुपमा बिकसित हुनथाल्यो। तिनै कला, संस्कृति र त्यो बिग्न इतिहास बोकेको इटली कस्तो रहेछ अलि-अलि भने पनि महसुस गर्न हामीले इटली रोजेका थियौ।
संक्षितमा इटलीको रोचकता:

  1. रोमन साम्राज्य
  2. कवि-दाँते, लियोनार्दो दा भिन्ची, कलाकार-माइकलअन्जेलो, 
  3. बैज्ञानिक- ग्यालिलियो ग्यालिली, बिस्व यात्री-मार्क पोलो, कोलम्बस-जसले अमेरिका पत्ता लगाए, 
  4. पियानो र भायोलिन र ओपेराको उद्गम इस्तल.
  5. एक्ष्प्रेस्सो कफी र पिज्जाको देस.
  6. Versace, Gucci, Armani जस्ता विश्व विख्यात फेसन ब्रान्डको देस
  7.  बिंगो खेल र आधुनिक ब्यान्किंगको उद्गम
  8. 'कोलिसियम' विश्वका ७औं आश्चर्य भएको देस

Tuesday, March 13, 2012

नेपाली खोज्न छोडेको दिन- प्रसङ्ग

 आर्हुसमा ग्रीन-अम्ब्रेल्ला भन्ने संस्थाले निकालेको झाँकी 
कुरा आर्हुस भन्ने डेनमार्कको राजधानी (कोपनहेगन) पछिको ठुलो सहरको हो। त्यो कोपनहेगन भन्दा ३०० कि. मि. टाडा पर्छ। हामी स्नातकोत्तरको पढाईको लागि विश्वबिद्यालयमा भक्खर भर्ना भएका थियौ। दोस्रो ठुलो भने पनि यहाँका सहरहरु साना हुन्छन्, पुराना घर सम्हालेर राख्नु र बडो राम्रोसंग भित्री कोठा सजाउनु यहाँको बिषेसता हो जस्तो लाग्छ। यो विश्वकै सफा देस मध्य एक हो। येहाँ बडेमानको घर देख्नु पनि बिरलै पाइन्छ। एउटा इन्डियनले त, 'यहाँ से बडीयाँ सिटी तो इंडिया मे हैं' भनेको नि सुने। हाँसो लग्यो। डेनमार्क सानो मुलुक हो (नेपाल भन्दा ३ भाग सानो) र येहाँ थोरै मान्छेले बसो बस गर्छन् (५.५ मिल.)। येहाँका मान्छेले बिदेसीले डेनिश भाषा नै बोल्देयोस भन्ने  चाहना गर्ने रहेछन्। विश्वबिद्यालय वरिपरी र कोपनहेगनमा भाषाको तेत्ति सार्हो समस्या नपरे पनि अन्त त निकै अफ्टेरो पनि पर्न सक्ने रहेछ। हाम्रो पढाई भने चाहिं अंग्रेजी मै हुन्थ्यो है।

Thursday, February 23, 2012

परिवर्तनका लागि हामी नेपाली एक


एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु,   सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो ।
उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न लाग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो। उ धेरै बेर चिच्यायो करायो, पछी धेरै बेरको आवेगले थाकेछ क्यारे र सुन्ने कोहि नभेटेर ठेस पनि लागेछ कि कुन्नि, ठिक त्यै गल्लि अगाडीको ठुलो भित्तो आगाडी धुलाम्मे सडकमा भत्र्याक्क घुंडा टेकेर बस्यो अनि भक्कानेर रुन थाल्यो, ठुल्ठुलो आवाजले, मानौ उसको परिवारमा ठुलै शोक परे जस्तो।youth
उसको रिस र आवेग आँसु बनेर पग्लीयो। रुंदा एकै तरहले  'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै गाली गर्थ्यो, तथानाम गाली गर्थ्यो नेपालीमा र अंग्रेजीमा पनि के-के भन्थ्यो-भन्थ्यो, छाती पिटी पिट घुँक्क घुँक्क गर्दै रुन्थ्यो र भन्थ्यो ''मलाई चिनिनस...मलाई चिनिनस.. तँ मलाई चिन्दैनस.. तेरीमा फटाहा साला'। उ धेरै बेर रोयो अनि पछी  शान्त भयो, संगसंगै कुकुरका भुकाईहरु पनि मत्थर हुँदै गए। डरलाग्दो कोलाहल फेरी डरलाग्दो सन्नाटा बन्यो। त्यसपछी  उ बिस्तारै आफुलाई सम्हाल्दै उठ्यो, उदेक मानेर, आफ्नो असफल र नाथे आवेगहरु सेलाएपछी, फेरी उतै ठुला भित्ताहरुको बीचको अंध्यारो गल्लि तिर लज्जित हुन सोझियो, रुझेको बिरालो जस्तै तर धुलै-धुलो भएर।
मलाई पनि नमज्जा लाग्यो। उ बिस्तारै बिस्तारै मन नलागी नलागी, निरास भएर शिर झूकाएर र आमिलो मन लिएर फर्कन लाग्दा किन-किन उ संग मेरो खुबै लगाव छकी जस्तो महसुस भयो। उसलाई हेर्दा हेर्दै मलाई आफैसंग यो घटना घटेको हो कि भन्ने अनुभूति भएछ क्यारे मेरो पनि मन उसको भन्दा कम अमिलो भएन। फरक यत्ति थियो म त्यो ठिक आगाडीको भित्तो माथिबाट उसको हबिगत नियाल्दै थिँए र हाललाई म त्यो गल्लिमा जानु पर्ने थिएन। मैले पनि क्रुद्ध कण्ठ लिएर भित्तोबाट देशको माटो गन्ध नआउने, इस्पाती हृदयको जालिम किनारामा झर्ने विचार गरे, जुन यथार्थ पनि थियो।

रामपुरे


प्रिय साथीहरु,
देस फेरी १ बर्षे संविधान सभा म्याद थपको बाटोमा छ। म्याद थप्न नदिने हो भने देस झन् बिकराल र जर्जर होला भन्ने पिर थप्न दिउँ फेरी आर्को जेठमा 'ज्या.....' होला भन्ने डर। यस्तो कांजे परिस्थितिमा पुगेको छ कि फर्कनलाई हाल सम्भब पनि छैन र बुद्धिमानी पनि नहोला सायद तर यस्तै हालतमा त तेस्ता जेठ त कति आउला-आउला। हुनत संविधान लेखेर नै सबै कुरा ठिक ठाउँमा आउंछ भन्ने त होइन तर यो पनि नयाँ नेपालको भब्य सुरुवातको लागि प्रमुख कडी हो। नयाँ नेपाल पछी पनि आज यो परिस्थितिमा देस पुग्नुमा 'खाई बिर्सुवा' नेताको मात्र होइन पार्टी विचारको आसक्ति र तपाई हामी बस्ने समाजको मौनताको पनि उत्तिकै हात छ। नेताहरुको हेपाहा प्रबित्ति प्रति रोष पोख्न्न बाटो र देस बन्द गरि मुख्य मुद्दालाई राजनीतिकरण गर्ने गैर जिम्मेबार र घामड प्रबृत्तिको पनि उत्तिकै हात छ। नेताहरुलाई बन्दले छुन्छ र !! छुने भए ६ दिन काठमाडौँ बन्द गर्दा मावोबादीले ठुलै परिवर्तन गर्नु पर्ने होइन र?  खैर, हामीलाई बुर्जुवा अैरे-खैरे संग न कही लिनु न कही दिनु.

सहिद (?)


बुज्यौ बुर्जुआ जनता हो, 
आज ता "अकबरेले" नि सलाम खायो, 
बाँचुन्जेल गाँजा खायो, 
चन्दन-खएर, गोलाई चपायो, 
अस्तिन क्या त, "बनबिरेले" गोली चलायो, 
"अकबरे"लाई ड्याङ्ग लायो, 
सोर्स-फोर्सले `सहिद` बनायो, 
हेर् त आज !! 
ये राता मकै!!  
१२ तोपको गोली पायो, 
खादा, भत्ता, लाखौं कमायो !! 
थुक्क तेरो भाग्य नि के भनौ खोइ ? 
त्यो जाबो पनि सहिद? भो अब! 
ए बाबा!!