यो वर्ष इस्टरमा झन्नै एक हप्ता बिदा हुने भयो। 'इस्टर' क्रिस्टियन धर्ममा आस्था राख्नेहरुको लागि महत्वपूर्ण चाड हो। हामीलाई भने डेनमार्कको ठण्डी छल्ने यो भन्दा राम्रो बहाना सायदै मिल्थ्यो होला। हामीले फटा-फट इटलीको सौन्दर्य र इतिहासको प्रतक्षि हुने योजना तयार पार्यौ। फेरी इटली डेनमार्क भन्दा धेरै तातो पनि छ। इटली हामीले तेस्सै चुनेका थिएनौ। इटली यस्तो राष्ट्र हो जसले आधुनिक युरोपको रेखांकन गरेको थियो। इटलीको दक्षिनी भू-भागको समतल र उर्बरी भूमिले पहिला ग्रीकहरुलाई आकर्सित गरेको थियो। उनीहरुले त्यहाँ राम्रै जरा गाडेका थिए। तर इटली र सम्पूर्ण पश्चिमा मुलुकहरुको भाग्य भने रोमनहरुले निर्धारण गरे। रोम आहिले पनि इटलीको राजधानी हो। भलै रोमनहरु खण्ड-खण्ड भए र समाप्त पारिए तर रोमनहरुको प्रभाव इटाली र सम्पूर्ण युरोपबाट कहिलै गएन। रोमनहरुले ५०९ बि.सि मै राजतन्त्रलाई उखेलेर गणतन्त्रलाई अंगालेका थिए। झन्नै ५०० वर्षको गणतन्त्र पछि रोममा रोमन सम्राठहरुको राज हुन लाग्यो जसको कारण थियो चरम भ्रस्टाचार। तर गणतन्त्र भएकै बेला सुरु भएको सिमा विस्तार सम्राठहरुको बेला चरममा पुग्यो। त्यति बेला झन्नै सबै युरोप र मेडीटेरियन भू-भाग सब्बै रोमनहरुको कब्जामा थियो। तेसै कारण सम्पूर्ण युरोपमा भाषा, धर्म, कलाकारिता, दर्सन, कानुन र सासनको विस्तार भयो।रोमनहरु ठुला-ठुला मन्दिर, भब्य महल बनाउन माहिर थिए। रोममा अहिले पनि ठडिएको 'कोलिसियम' विश्वका ७ आश्चर्य मध्येको एक हो। अझ रोमन ससक कन्सेसटाइनले क्रिस्टियन धर्म अंगाले पछि सायद क्रिस्टियन धर्मले नै नयाँ आयाम पायो र फल स्वरूप बनेका 'रोमन क्याथोलिक चर्च' को भव्यता र सुन्दरताको महत्व बेग्लै छ। तर धेरै लामो समय सम्म चलेको रोमन सासकको सत्ताले अरु जस्तै एक दिन धुलो चाट्नु नै थियो, १४५३ ए.डीमा आएर समाप्त नै भयो।
तर इटलीको गौरव र पुर्खाबाट सिकेको सिप तेस्सै खेर कहाँ जान्थ्यो र खण्ड-खण्ड इटलीमा कला, बिज्ञान, धर्म राम्रै मौलायो। युद्धले भताभुङ्ग इटली १३-१६रौँ सताब्दीमा फेरी नयाँ काँचुली फेर्न सफल भयो। यस संग-संगै युद्ध ग्रसित सारा युरोपले पनि काँचुली फेर्यो। यी वर्षहरुमा इटलीले लियोनार्दो दा भिन्ची, माइकलअन्जेलो, ग्यालिलियो ग्यालिली जस्ता अनेकौं आद्भुत प्रतिभाहरु जन्मायो। इटली कलाको संग्रहको रुपमा बिकसित हुनथाल्यो। तिनै कला, संस्कृति र त्यो बिग्न इतिहास बोकेको इटली कस्तो रहेछ अलि-अलि भने पनि महसुस गर्न हामीले इटली रोजेका थियौ।
संक्षितमा इटलीको रोचकता:
- रोमन साम्राज्य
- कवि-दाँते, लियोनार्दो दा भिन्ची, कलाकार-माइकलअन्जेलो,
- बैज्ञानिक- ग्यालिलियो ग्यालिली, बिस्व यात्री-मार्क पोलो, कोलम्बस-जसले अमेरिका पत्ता लगाए,
- पियानो र भायोलिन र ओपेराको उद्गम इस्तल.
- एक्ष्प्रेस्सो कफी र पिज्जाको देस.
- Versace, Gucci, Armani जस्ता विश्व विख्यात फेसन ब्रान्डको देस
- बिंगो खेल र आधुनिक ब्यान्किंगको उद्गम
- 'कोलिसियम' विश्वका ७औं आश्चर्य भएको देस