सबैलाई स-प्रेम सम्झना,
ज्यान रहे जहान भन्ने चलन छ । सबैको ज्यान रहोस भन्ने कामना-सर्वप्रथम ।
प्रचण्डको मुक्की, मा. कु. ने.को उक्ति, झल्लुको जुक्ति र गिरिजाको मुक्तिबाट चल्न नसकेको देशमा यो वर्ष केहि होस् भनेर सबैले प्रार्थना गर्याछन् । देश यस्तै रहे, नेपाली हो, भनेर चिनारी राख्ने जो-कोहि जहाँ-कहीँ रहे पनि कसैको भलो नहुने कुरा चेतना भया । हातमा हात राखेर बसेर 'खै गाई त भिरबाट खस्न लग्यो' भनेर 'छुचुन्द्रे' भएर बस्यो भने गाई भिरबाट मात्रै खस्दैन सबैलाई खसाल्छ ।
चेतना सबैभन्दा ठुलो कुरा हो, एकचोटी सहि चेतना आयो भने जहाँबाट पनि सहयोग गर्न सकिन्छ, कसरी ? पढेलेखेको मान्छेले आफैले खोज्नु पर्छ, त्यहाँनेरी Innovation भेटिन्छ :-) हिजो पो धेरैको 'status'- 'विद्यार्थी' मात्र थ्यो, आज त 'विद्वान', 'धनवान', 'लोक घुमेको', 'जान्ने बुझेको' भै सक्यो नी होइन र? अनी तपाई हामीले उपाय नखोजे कसले खोज्छ त?
अब जाग्ने बेला आइसकेको छ, आज केहि नगरे भोलि पछुताउनु सिवाय केहि हुने छैन । अहिले नजागे कहिले त? आफ्नो-आफ्नो दैनिकी आनुसार काम-धन्दा, पढाइका साथ-साथ देशको बारे विचार बिमर्स गरौँ, विचार बिमर्स त धेरैले गर्छन् तर अब संगठित भएर विभिन्न कार्यक्रम गरौ । Weekend मा भेला भएर मो:मो मात्रै बजाउने होइन एउटा ठोस् कार्यक्रम बनाउँ, Internet मा हामी सबैको चासो व्यापक बनाउँ, यसको शक्तिलाई र Impact area लाई महसुस गरौ !
देशमै बसेकाहरु त झन् नजागी बिकल्प नै छैन तर पढेलेखेको भनाउँदा तपाई हामी जस्तो मान्छेको ठुलो हिस्सा बाहिर रहेको स्थितीमा देशबासिले केहि गरेनन् वा गर्न सकेनन् भन्नु आफ्नो लाचारी र गैरजिम्मेबारीपन बाहेक केहि हुने छैन । मन नपरेको कुराको सर्बत्र बिरोध गरौ... आफ्नो ब्लगमा, Twitter मा, Facebook मा, Google Buzz मा, आदि सोसल मिडियामा । यसबारे Youtube Video बनाउँ, चिनेको सबैलाई इमेल पठाउँ, सक्नेले र्याली निकालौँ.. आदि आदि ! यस्ता सानो प्रयास कसले सुन्ला र नभनौँ? पहिला प्रयास र धैर्य त गरौ !
यो वर्ष हामी सबैको लागि धेरै नै महत्वपूर्ण छ । यो साल देशको हितको लागि सुनौलो कदमहरु चालौँ, हातेमालो गर्दै सँगसँगै अघि बढौँ ।
अहिले नजागे कहिले त?
नव वर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना !
No comments:
Post a Comment