![]() |
| Photo from: http://goo.gl/gKo6P |
तर किन धकल्ने? किन मोन्सान्टो दाई प्रती एती सख्ती हो ? जाबो hybrid बिउ त जोलेनी ल्याका छन् केरे नि ! बारीमा फलाका छन्। फलेकै छ गाँठे। अझ मोन्सान्टो जस्तो विश्व विख्यात (कुख्यात !) कम्पनीले पठाउन लागेको बिउ राम्रै पो भै हाल्छ कि? के-को आधारमा मोन्सान्टोलाई रोक्ने? किन रोक्ने ? अणुवंसिक परिवर्तन (genetic modification !) गरेको बिउ भए पो डराउने। नाथे hybrid त जता ततै किन्न, रोप्न, खान पाइन्छ केरे नि। रोक्ने नै भए सप्पैलाई रोक्न सक्नु पर्यो होइन भने मोन्सान्टो दाईलाई अन्याय गर्नु भएन। बेला-बेला कतै नोरोपेको बिउ ‘रोपेर टन्न फल्छ’ भन्नेको झुठको पछि लाग्दा नेपालीले दुख पाको चाहिं हो है। तर कार्यवाही खोइ त? त्यो चै सर्खार्को सानि मा’ ले गर्ने हो ? (अणुवंसिक परिवर्तन गरिएको र hybrid को भिन्नताको सहज बर्णन हेर्न जुजु भाईको पसलमा जानु होला…. … होरी ह्याँ किलिक्क पारम।)
‘होइन यो ‘‘गिदी’’ कति मोन्सान्टोलाई ‘‘दाई-दाई’’ भनेर नाता गांस्छ’ जस्तो लाग्छ भने मोन्सान्टोलाई ‘राष्ट्रिय कृषि उपर घोर सड्यन्त्र’ वा ‘राष्ट्रिय कृषि उपर खतरा’को बिल्ला झुन्यायेर सरकारी स्थरबाट निर्णय गर्न सक्नु पर्यो। होइन मोन्सान्टोको ‘सक्तिसाली अन्तरिक गठबन्धनका’ कारण नेपाल सरकार एसो गर्न असमर्थ छ भने, ‘’बिबादास्पद मोन्सान्टोको बिषयमा सरकार दुबिधामा छ र ‘पर्ख र हेरेको’ नीति अवलम्भन गरेको अवस्ता हो’’ भनेर ४-५ बर्सको लागी यो ‘चोर-पुलिसको’ खेल बन्द गरियोस। पछि मोन्सान्टो दाई अलि कम उरंठ्यौला भए भने ‘आउ’ भन्ने बाटो राख्नु त पर्यो नि !
‘अणुवंसिक परिवर्तन (genetic modification) गरेको बिउको बारेमा त प्रश्नै नगर्नुस, हुन्न’ भनेर भन्ने हो भने उपाय के त ? कसरि बढाउने नेपालमा कृषि उब्जनी ? जनसंख्याले डाँडा काँडा ढाके बाबै ! पुरानै खेतीले चल्छ भन्ने सोचेको हो र? …. रेला नगर न यार ! नयाँ तरिकाले सोच्नु पर्यो नि। क्रान्तिकारी तरिकाले ! त्यसकोको लागि कृषि निति स्पस्ट हुनु पर्यो, जनताले सरोकार राख्नु पर्यो र सरकार निर्द्रिस्ट हुनु पर्यो। नत्र गरिबी, सामाजिक परिवर्तन र जलबायुको जलनले हावा फुस्किने त सुनिस्चित छ।
पहिले पर्याप्त मात्रामा र भनेको बेलामा मल ल्याइदेउ प्रभो …… आच्या त्यो त आत्ति भो।
.jpeg)
No comments:
Post a Comment