.JPG) |
| आर्हुसमा ग्रीन-अम्ब्रेल्ला भन्ने संस्थाले निकालेको झाँकी |
कुरा आर्हुस भन्ने डेनमार्कको राजधानी (कोपनहेगन) पछिको ठुलो सहरको हो
। त्यो कोपनहेगन भन्दा ३०० कि. मि. टाडा पर्छ
। हामी स्नातकोत्तरको पढाईको लागि विश्वबिद्यालयमा भक्खर भर्ना भएका थियौ
। दोस्रो ठुलो भने पनि यहाँका सहरहरु साना हुन्छन्, पुराना घर सम्हालेर राख्नु र बडो राम्रोसंग भित्री कोठा सजाउनु यहाँको बिषेसता हो जस्तो लाग्छ
। यो विश्वकै सफा देस मध्य एक हो
। येहाँ बडेमानको घर देख्नु पनि बिरलै पाइन्छ
। एउटा इन्डियनले त, 'यहाँ से बडीयाँ सिटी तो इंडिया मे हैं' भनेको नि सुने
। हाँसो लग्यो
। डेनमार्क सानो मुलुक हो (नेपाल भन्दा ३ भाग सानो) र येहाँ थोरै मान्छेले बसो बस गर्छन् (५.५ मिल.)
। येहाँका मान्छेले बिदेसीले डेनिश भाषा नै बोल्देयोस भन्ने चाहना गर्ने रहेछन्
। विश्वबिद्यालय वरिपरी र कोपनहेगनमा भाषाको तेत्ति सार्हो समस्या नपरे पनि अन्त त निकै अफ्टेरो पनि पर्न सक्ने रहेछ
। हाम्रो पढाई भने चाहिं अंग्रेजी मै हुन्थ्यो है
।