भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले अगस्त २ मा नेपालको संबिधान सभामा गरेको सम्बोधनले भारत प्रति कटु विचार राख्ने धेरै नेपालीलाई फेरी एक चोटी सोच्न बाध्य परेको छ। १७ बर्स पछि नेपाल सम्झेर आएका भारतका प्रधानमन्त्रिले नेपाल आफ्नो हृदयी मित्र रहेको र विभिन्न कारणले नेपाल भारतको लागि महत्वपूर्ण रहेको बारे प्रस्ट बनाउन कुनै कसर बाँकि छोडेनन। राष्ट्रियतामा भावुक हुने धेरै नेपालीलाई 'नेपाली' मै सम्बोधन गर्दा पक्कै गर्व अनुभिती भएको हुनु पर्छ। उनको यो प्रयास अती नै सर्हानिय र कुटनितिक थियो। उनले बुद्ध नेपाल मै जन्मेका हुन्, नेपाल एउटा सार्भाभौम मुलुक हो र 'निर्णय नेपालले गर्ने हो त्यसको साथ भारतले दिने हो' भनेर स्पस्ट रुपमा नेपालीहरुको मनमा रहेको कुनै पनि संका दुर गर्ने प्रयास गरे। त्यती हुँदा पनि मोदीको भाषण सबैलाई चित्त बुझेको होला जस्तो मलाई लाग्दैन ।