| आर्हुसमा ग्रीन-अम्ब्रेल्ला भन्ने संस्थाले निकालेको झाँकी |
हामी आउँदा डेनमार्क आर्थिक बिपत्तिमा थ्यो। काम पाउन छोडेकाले अलि-अलि भएका नेपाली बिद्यार्थी पनि कोपनहेगन तिर लागेछन् किन कि यहाँको भाषा बिना कोपनहेगन बाहेक अन्त काम पाउनु मुस्किल रहेछ। पहिलेका दिनहरुमा हामीले कोहि चिनेको र सहयोग गर्ने मान्छे पाएनौ जुन बेला हामीलाई धेरै सहयोगको खाँचो थ्यो। हाम्रो लागी विश्वबिद्यालयले खटाएको साथी-सहयोगी सार्है ब्यस्त मान्छे रहेछ। उसले हामीलाई खास समय दिन सकेन र हामी अविकसित मुलुकबाट फुत्त सार्है बिकसित मुलुकमा प्रवेस गर्दाको अफ्टेरो र रमाईलो दुवै खालका आनुभवहरु बटुल्दै आघि बढ्यौ जसलाई भाषिक अज्ञानताले आझै रोमान्चक बनाउदै लग्यो।
| अब त जताततै coca-cola पाउने भएपछि के मजा यार trekking को !! |
एक दिन यसो बिदाको दिन सबैसंग (ति बहिनि लगाएत) बाहिर गएर राति घर आउने बेला आचानक, 'ए !! भाईहरु नेपाली पो हो?' भन्दै एउटा मान्छे हामी तिर आए। खासमा जब उनलाई चिनेकी ति बहिनीले ,'ए दाई तपाई पो !' भनिन् ! अनि मात्र उनि बोल्दै हामी तिर आएका थिए। नत्र पहिले त हामि निकै बेर तिनको छेउमै बसेर कुरा गरिरहेका थियौँ र ति भद्र कुनै अरबी जसरी छेउ मै तानिएर बसेका थिए। भेट पछि खास केही बोलेको नै थिएनौ गाडी आई हाल्यो। तिनी नै रहेछन हाम्रो घर तिर बस्ने नेपाली। उनि पनि हामीसंगै आए। उनि हामी भन्दा धेरै पाको थिए। हामी लिख्रुक्क परेकाको अगाडी उनि त गठिलो ज्यान गरेका पुस्ट र ड्याम्म परेका मान्छे। हामी जस्ता त चार जना फाल्ने जस्ता. उनले अलि लगाएको जस्तो पनि लाग्यो। फेरी बिदाको दिन साँझ लगाउनु पनि नौलो चै भएन है। तेतिखेर एउटा भने पनि छिमेकि-नेपाली फेला पर्यो है भन्ने लाग्यो हामीलाई चैं।
गाडीबाट हामी झरे पछि उनको र हाम्रो वर्तालाब:
म: 'अनि दाई कति भो त तपाईं आउनु भा को ?'
उ: 'भो भाई २० वर्ष। '
म: 'बा बा .. २० वर्ष !! अनि सपरिवार नै यहिँ हो ?'
उ: 'होइन भाई नेपालमै छन् नानीहरु श्रीमतीसंग, बाग्लुंगमा। अनि भाईहरुले खाना खाको हो ?'
घर गएर केहि बनाएर खाने सुर थिएन, तेसैले मैले भने
म: 'हो दाई आज लाई तेस्सै भन्नु पर्यो। अनि दाई पछिल्लो चोटी नेपाली कहिले जानु भाको नि ?'
उ: 'म ? दुइ वर्ष अघि। अनि भाईहरु संधै दालभात खानु हुन्छ?'
म:'अँ भन्न पर्यो, बिदेशी भै सक्या छैन अझै?'
उ:'नानीले पकाउनु हुन्छ होला (मेरो प्रेमिका आहिलेको श्रीमती इंगित गर्दै) मिठो हुन्छ होला सबै बसेर खांदा?'
म: 'हा हा हा .. होइन हामी सबैले पाकाउछौ। उ पनि त university जानु पर्छ नि।'
उ: 'ए... अनि काम गर्नु हुन्छ पैसा कसरि तिर्ने त ... खान पर्यो... भात-दाल नै त होला खाने?'
म:'सबैको full scholarship छ मेरो चै छैन हामी अलि अलि काम गर्छौ'
उनले खास कुरो बुझेनन्।
उ: 'ए ए .. भनेपछि आजको खाना चैं भै सक्यो होइन त।'
फेरी खानाको कुरो गरेपछि चै हाम्लाई अलि अफ्टेरो परेको थ्यो। उनि हाम्रोमा गएर खान खान चाहन्थे। तेसैले त्यो अफ्टेरो तोड्दै अर्का साथी बोले जो खान पकाउन सार्है अल्छि गर्थे।
साथी: 'जाउँ न त आज हाम्रै तिर, कुखुरा छ क्यारे पकाउँला नि त गुन्जन (म), हुन्न? कसो सन्ध्या(श्रीमती)?'
म: 'अँ .... जाउँ न त.'
यसरि हामी कोठामा गयौँ। कुखुरो पहिले नै खोल्साएको थ्यो। अब लसुन, आदुवा ,प्याज खोल्सायेर बिहान भिजाएको राज्माको तरकारी पकाउन थालेपछि म चै उनिसंग गफमा लागे।
म: 'अनि दाई घर कहिले जाने त फेरी।'
उ: 'जाम्न्ने हो भाई अर्को वर्ष। उहिले खैरेसंग आको हुम क्यारे, यतै गो' जिन्दगि।'
म: 'ए... अनि दाई कस्तो छ त दाई यहाँको बसाई ?'
उ: 'के हुने भाई हामी कोइलीले सुताम्नी देसा'ट आकालाई यो बिरानां........ कसो अर्तो कोइलीले कु... हु ...कु ..हु अर्तेंन.. यहाँ अर्च र ?'
हामी गलल हाँस्यौ, उनि चाहिं हाँसेंनन्। हामी तुरुन्तै चुप भयौ। उनको भाषा त पुरा ठेट नेपाली जस्तो पो रैछ। बगुलुंगे!
उ: अनि.... त्यो क्यारे तिमि आको कसरि रे? मेरो छोरी नि आहिले +२ अर्दै छ ? कसरि मिलाउने हो ?'
म: 'ए हो .. कुन बिसय हो? यहाँ बिज्ञान बिसयको जस्तै chemistry physics को त अंग्रेजीमा छैन क्यारे?'
उ: 'के अरे? ए...'
उनले फेरी बुझेनन् .... अनि अर्कै कुरा झिक्न थाले ।
उ: 'थाहा छ भाई यहाँ सब्बै मिलेका छन्', आनुहर बिगारेर उनले भने। भक्खर पाकेको मासुको टुक्रो तिनको सामु राखे हाम्रा साथीले, कुरो तेसैमा अड्कियो।
म: 'दाइ चै के कम गर्नु हुन्छ....?'
उ:'अहिले केहि छैन ४ घण्टा butcher (बगरे) को काम गर्छु। तेत्ति हो।'
साथी: 'के गर्नु हुन्छ रे गुन्जन?' प्रेस्सर कुकरको आवाजले सुनेनन् र सोधे मेरा साथीले।
म: 'Butcher रे' हो.. बुचर मासु काट्ने।'
साथी: 'ए ए...'
उ: यो नेपाल बाट लाउनु भाको हो (प्रेस्सर कुकर)? बन्दोबस्तसंग आउनु भाको रैछ!
म:'अँ .. हो दाई .. तपाईं संग नि होला नि ?'
उ: 'छैन मसंग त', उनले आर्को कुरो झिके 'अचेल त त्यो मुबाइल् पनि कस्तो कस्तो आका हुन्', मुबाइल सब्दले हामी सबैको ध्यान उनि तिर तान्यो, 'यो छ नि भाई सबै नेपालको हो। हेर भाई यहाँ सब्बै मिलेका छन्। हेर तो हाम्रा नेपालमा वाकी-ट्वाकी भंथेम ए, अहिले तै येहाँ ल्याएर मुबाइल् भनेर बेचेका छन्। हाम्लाई थाहा छैन र, सबै भित्र भित्र मिलेका छन्।' हामी सबै आवक भएम। उनि एकोहोरो बोलि रहे, ' यीनिहरु नेपाल जान्छन् र सब्बै उताका हाम्रा समान ल्याऊदै यहाँ अनेक बनाएर बेच्छन्', उनि जोसिए,' के हो र त्यो physic kemestri , हाम्लाई थाहा छैन र त्यो सप्पै उ त्यो, उ त्यो गर्ने त हो नि .... सब्बै नेपालमा भाको कुरो हो बाबु। यिनेरुले भित्र भित्र मिलेर सब्बै नेपाल आट ल्याएर येहाँ बेचेका हुन्। सब्बै हाम्रा कुरा चोरेर बनाका हुन्। त्यो तारमा के हुन्छ र तामा त हो नि हाम्लाई थाहा छैन र। सब mount Everest को भित्र-भित्रबाट मिलेका छन्। त्याँ भित्र-भित्रबाट यिनीहरु के के गर्छन गर्छन्. भित्र भित्र छ यिनीहरुको।'
हामी सबै स्तब्द भयौ। उनको मानसिक अवस्ता हामी आगाडी एक्कासी छताछुल्ल भो।
मैले प्रसङ्ग मोड्ने हिसाबले कुरा राखे
म: 'अनि दाइ अरु पनि नेपाली हुनु हुन्छ होला नि त यो ठाउंमा होइन?'
उ: 'छन् भाई, यहीं वर-पर धेरै पहिला देखि बसेकाहरु छन्। खास्सै बोल्दैनन्। दिमाग खुस्कि सकेको छ सबैको, यो बिरानोमा बस्दा-बस्दा। डेनिस बेहे गर्यो, छोरा-छोरी भो, श्रीमतीले नेपालमा जसै कहाँ माया अर्चन र? श्रीमती त उतैका राम्रा, माया अर्ने।'
सबै कुरा प्रस्ट भो। छर्लंग भो। अब खान खुवाएर पठाउनु सिबाय आर्को कुनै कुरा सोच्ने हाम्रो हिम्मत आएन। बाहिर भएका खुकुरी-चक्कु सबै भित्र लगेर राखियो। उनले फेरी केहि बोल्नु आघि नै मैले सोधे
म: 'नेपाल नफर्कने त'
उ: 'हो, जाने हो। तपाईहरु पहिला कृषी पढेर सक्नु अनिसंगै cheese बनाउने factory खोलौला।' एक छिन् को बिस्राम पछि उनि फेरी बोले
उ: 'नेपालाँ यहाँको जस्तो कोठा तातो हुनी भा', यता घुमाउन्दा चिसो उता घुमाउन्दा तातो पानी आउने भा' को जान्थेन र नेपाल, बाउलुंग नै जान्थे बरु। कति चिसो हुन्छ नि नेपालमा आबुईइ ...'
उनले खान बडो मिठोसंग खाए। हामीले पनि संगै खायौ। जाने बेलामा उनले भने, 'मेरो कोठा सानो छ। आर्को चोटी म ल्याम्बको मासु ल्याऊछु यसै गरि खाउँला है।'
हामीले तेस्पछी उनको र हाम्रो भेट कहिले भएन. नेपाली बिस्तारै-बिस्तारै धेरै आए तर नेपालीको खोजि चैं बन्दै गरियो।

| नेपालको आनुभव सुनौन्दै डेनिश |
Really Good work Kalu ...keep it up...
ReplyDeleteIt has been long since we met him. It was good to read our past in ur philosophy board hehe. Awesome writing, dittu uhi ghatana
ReplyDeleteha ha ha.... kahile na birsane... manche ho tyo
ReplyDeleteramro lekh yar.. keep it up.. badhai chha..
ReplyDelete