हिरा खोज्ने
धुनमा म
सारा
जीवन बिताएको मान्छे,
हारै हार भो
जीन्दगी भार, कस्तो बंग्य,
हारले नै जित
सिकाएको मान्छे,
पछारिएर
कुना कोप्चा -अफ्टेरोमा,
लतारिएर बिना
चैन अनेक कप्टेरोमा,
न रात न दिन न
खाने बेला,
न बैंस न रुप
न कैले सौख पलें होला,
बस लतारिनु र
पछारिनु,
बस लतारिनु र
पछारिनु,
आजै पाइन्छ कि
त झैँ हतारिनु,
हिजोको खाल्टो
भित्र छिर्नु कि,
आज नयाँ
खाल्टो खन्नु ?
कि कति खाल्टा
भए छन्,
आजको दिन यसै
गन्नु ?
खाल्टै खाल्टा
परि सकेका छन्,
एक तमास
हेर्छु, सुस्ताउँछु,
डिलमा बसेर
मुस्काउचु,
अनि आफ्नै गित
गाउँछु,
बैंस त गयो
बरै हिरा खोज्ने धुनमा,
कोही पाए
हुन्थ्यो रख्नी थिएँ मुनमा,
मन आहत हुन्छ,
सबै गुमाएको,
केहि नपाएकोमा,
एक्कासी कला
हुन्छ मन-संसार,
छोपौला झैँ
गर्छ, चिन्ता निराकार,
तर भन्छु, यी
जित्लास,
आज फेरी अर्को
खाल्टो खान्छु,
ठुलो र
भयङ्कर,
कोदालीले चट
चट माटो काट्छ,
खन्तीले ढुंगा
उप्काउन्छ,
म आनन्दित्
हुन्छु,
यो पालि पक्कै
हिरा पाईनछ ।