यो वर्ष इस्टरमा झन्नै एक हप्ता बिदा हुने भयो। 'इस्टर' क्रिस्टियन धर्ममा आस्था राख्नेहरुको लागि महत्वपूर्ण चाड हो। हामीलाई भने डेनमार्कको ठण्डी छल्ने यो भन्दा राम्रो बहाना सायदै मिल्थ्यो होला। हामीले फटा-फट इटलीको सौन्दर्य र इतिहासको प्रतक्षि हुने योजना तयार पार्यौ। फेरी इटली डेनमार्क भन्दा धेरै तातो पनि छ। इटली हामीले तेस्सै चुनेका थिएनौ। इटली यस्तो राष्ट्र हो जसले आधुनिक युरोपको रेखांकन गरेको थियो। इटलीको दक्षिनी भू-भागको समतल र उर्बरी भूमिले पहिला ग्रीकहरुलाई आकर्सित गरेको थियो। उनीहरुले त्यहाँ राम्रै जरा गाडेका थिए। तर इटली र सम्पूर्ण पश्चिमा मुलुकहरुको भाग्य भने रोमनहरुले निर्धारण गरे। रोम आहिले पनि इटलीको राजधानी हो। भलै रोमनहरु खण्ड-खण्ड भए र समाप्त पारिए तर रोमनहरुको प्रभाव इटाली र सम्पूर्ण युरोपबाट कहिलै गएन। रोमनहरुले ५०९ बि.सि मै राजतन्त्रलाई उखेलेर गणतन्त्रलाई अंगालेका थिए। झन्नै ५०० वर्षको गणतन्त्र पछि रोममा रोमन सम्राठहरुको राज हुन लाग्यो जसको कारण थियो चरम भ्रस्टाचार। तर गणतन्त्र भएकै बेला सुरु भएको सिमा विस्तार सम्राठहरुको बेला चरममा पुग्यो। त्यति बेला झन्नै सबै युरोप र मेडीटेरियन भू-भाग सब्बै रोमनहरुको कब्जामा थियो। तेसै कारण सम्पूर्ण युरोपमा भाषा, धर्म, कलाकारिता, दर्सन, कानुन र सासनको विस्तार भयो।रोमनहरु ठुला-ठुला मन्दिर, भब्य महल बनाउन माहिर थिए। रोममा अहिले पनि ठडिएको 'कोलिसियम' विश्वका ७ आश्चर्य मध्येको एक हो। अझ रोमन ससक कन्सेसटाइनले क्रिस्टियन धर्म अंगाले पछि सायद क्रिस्टियन धर्मले नै नयाँ आयाम पायो र फल स्वरूप बनेका 'रोमन क्याथोलिक चर्च' को भव्यता र सुन्दरताको महत्व बेग्लै छ। तर धेरै लामो समय सम्म चलेको रोमन सासकको सत्ताले अरु जस्तै एक दिन धुलो चाट्नु नै थियो, १४५३ ए.डीमा आएर समाप्त नै भयो।
तर इटलीको गौरव र पुर्खाबाट सिकेको सिप तेस्सै खेर कहाँ जान्थ्यो र खण्ड-खण्ड इटलीमा कला, बिज्ञान, धर्म राम्रै मौलायो। युद्धले भताभुङ्ग इटली १३-१६रौँ सताब्दीमा फेरी नयाँ काँचुली फेर्न सफल भयो। यस संग-संगै युद्ध ग्रसित सारा युरोपले पनि काँचुली फेर्यो। यी वर्षहरुमा इटलीले लियोनार्दो दा भिन्ची, माइकलअन्जेलो, ग्यालिलियो ग्यालिली जस्ता अनेकौं आद्भुत प्रतिभाहरु जन्मायो। इटली कलाको संग्रहको रुपमा बिकसित हुनथाल्यो। तिनै कला, संस्कृति र त्यो बिग्न इतिहास बोकेको इटली कस्तो रहेछ अलि-अलि भने पनि महसुस गर्न हामीले इटली रोजेका थियौ।
संक्षितमा इटलीको रोचकता:
- रोमन साम्राज्य
- कवि-दाँते, लियोनार्दो दा भिन्ची, कलाकार-माइकलअन्जेलो,
- बैज्ञानिक- ग्यालिलियो ग्यालिली, बिस्व यात्री-मार्क पोलो, कोलम्बस-जसले अमेरिका पत्ता लगाए,
- पियानो र भायोलिन र ओपेराको उद्गम इस्तल.
- एक्ष्प्रेस्सो कफी र पिज्जाको देस.
- Versace, Gucci, Armani जस्ता विश्व विख्यात फेसन ब्रान्डको देस
- बिंगो खेल र आधुनिक ब्यान्किंगको उद्गम
- 'कोलिसियम' विश्वका ७औं आश्चर्य भएको देस
यस पालीको हाम्रो भ्रमण ३ ठाउंमा केन्द्रित थियो: पिसा, फ्लोरेन्स र भेनिस।
यात्रा RYAN वायु सेवाको:
हामी पर्यौ विद्यार्थी, पैसाको बचत त गर्ने पर्यो। हामीले ryan बिमान सेवा प्रयोग गर्ने भयौं। यो आयरल्याण्डको वायुसेवा हो। यो वायुसेवा अरु भन्दा धेरै सस्तो छ। तर कहिले कहिँ त यसले अचम्मै सस्तोमा लाने योजना राखेको हुन्छ। हामीले इटली जाने र आउने भाडा जम्मा १० यूरो तिर्नु पर्यो। तर त्यो बिमान लाग्ने बिमान स्थल सम्म पुग्न भने धेरै नै पैसा लग्यो र त्यो नै सम्पूर्ण यात्राको सबै भन्दा खर्चिलो पक्ष थियो। यो बायुसेबाले कसरी कमाउँछ कुन्नि? इटली सम्म जना र फर्कन हामीलाई एकजना बराबर जम्मा नेपाली १०९० रुपया लग्यो।गूगल नक्शाबाट डेनमार्क र इटलीको दोहोरो दुरी नाप्दा झन्नै ३००० कि. मि. छ। तर फेरी यति थोरै पैसामा यात्रा गरेपछि भने आरामदाइ कुस्री, चिया-नास्ता, पानी आदिको आस चैं नगरे पनि हुन्छ। बरु बीच-बीचमा भने चिट्ठा, चुरोट, बस टिकट आदि भने बेच्न आउँछन् सुन्दर सुन्दरीहरु।
हामीले कोपनहेगनको नजिकै पर्ने स्विडेनको माल्मो भन्ने बिमान स्थल बाट पिसाको लागि बिमानमा चढ्यौं।
पिसा (Piazza dei Miracoli):
 |
|
पिसाको miracoli square र ढल्केको इस्तम्भ |
 |
| क्याथेड्रल भित्रको एक झलक |
पिसा त्यही ठाउं हो जहाँ ग्यालिलियो ग्यालिलीले आफ्नो जीवन सुरु गरेका थिए। पिसाको 'लिनिंग टावर' (ढल्किएको इस्तम्भ) तै टावर हो जसबाट ग्यालिलियो ग्यालिलीले दुई ठुला र सानो ढुंगा फालेर 'गुरुत्वआकर्सनले जतिनै ठुलो चिजलाई पनि समान अ सर गर्छ' भन्ने कुरो प्रमाणित गरेका थिए। यसको बिसेसता भनेको चै यो झन्नै ४ डिग्री ढल्केको छ। यो भीमकाय टावर सिन्घमर्मरले बनेको छ। ३ ताला निर्माण हुँदा नै यो टावर जगको भू-बनोटको कारण ५.५ डिग्री झुक्न गयो र यसको निर्माण रोकियो। टावरको झुकाबको कारण, युद्धको कारण वा अन्य कारण यसको निर्माण ११७३ ए. डीमा सुरु भए पछि सम्पन्न हुन १७७ वर्ष लग्यो। बीचमा यसलाई सोझो बनाउन आनेक उपाय हरुको प्रयोग भयो जसको कारण यसलाई आड दिने खम्बाहरु एकातिर लामा छन् भने अर्को तिर छोटा। पछि यो टावर सोझो बनाउने परियोजना त्यहाँको पर्यटन बोर्डले नकारेको रहेछ। यो टावर हेरेर हाम्रो धरहरा पनि यस्तै ढल्के के होला भन्ने सोच जोकोहि नेपालीले पक्कै गर्छ।
चर्चा बडी यो टावरको भए पनि यो त छेउमा रहेको बिशाल क्याथेड्रलको घण्टा घर मात्रै हो। अझ क्याथेड्रल अगाडी रहेको ब्यापेस्ट्री डोम त इटली कै ठुलो रहेछ। पहिले क्याथेड्रल अगाडी ब्यापेस्ट्री डोम बनाउनै पर्ने नियम रहेछ। तर प्राय ब्यापेस्ट्री डोम आठ चुचा परेका वा तेस्तै आकारका हुनु पर्नेमा यो चाहिं गोलाकार रहेछ।
 |
| ब्यापेस्ट्री डोम |
हामी पिसामा ७ बजे झरेका थियौं। झरेपछि ४५ मिनेट हिडेर पिसाको रात्री जीवन हेर्दै होस्टल जाने कुरामा ठेस त्यति खेर लाग्यो जब गूगल नक्साले देखाएको सुरुकै बाटो पत्ता लगाउन झन्नै १ घण्टा भन्दा बडी लाग्यो। डेनमार्क जस्तै सोचेर हिडेको हामीलाई आर्को ठुलो झड्का लग्यो जब बाटामा कमै बत्ति देखिए। हुन त मुख्य सहरमा मनग्गे बत्ति थिए होलान् तर हामीलाई त्यस्तो महसुस भयो। जाँदा जाँदै ढिला भएछ र होस्टल साहुनी पनि घर तिर लगिचन। धन्न फोन गर्दियो एउटा सज्जनले र आइन् दौडेर। बिदाको दिन भएर धेरै पसल पनि बन्द भै सकेको रहेछ, एउटा पसल भने खुल्लै रहेछ र एक-एक चपरी पिज्जा खाएर सुतियो त्यो दिन।
भोलि बिहान ८ बजे खाजा दिन्छु भनेकी सहनीले कफी र बिस्कुट दिएर 'ग्राटिस' (सित्तैमा) भने पछि हामी पनि अलि-अलि च्यापेर 'ग्राचियास ' (धन्यवाद) भन्दै बाटोमै केहि खाने सुरले हिड्यौ। ढल्की ढल्की फोटो खिच्दै त्यो दिन पिसाको miracoli square मै दिन गुज्रियो र रातले छोप्नु भन्दा पहिले फ्लोरेन्स सहर तिर लागियो जहाँबाट सुरु भएको थियो यूरोपको कला मोह.......
 |
| Venice |
 |
| Florence |
 |
| Pisa |
 |
| Vitruvian Man
|
 |
| Leonardo da Vinci
|
 |
| monument of David
|
 |
| Galileo Galilei
|
 |
| Marco Polo
|
 |
| Colosseum- Rome
|
 |
| depiction of roman emperor
|
 |
| Great artist Michelangelo
|
खुब राम्रो लाग्यो साथी... फोटो हरु पनी अत्यन्तै सुन्दर छन्.. बिशेष गरी खुट्टाले पिसा को टावर अड्याएको वाला..अलि अरु धेरै लेखेको भए राम्रो हुन्थ्यो कि..
ReplyDeleteThanks. Kura sahi ho.. next time pryas garchu.
DeleteFree ma afnai lappie bata hajur ko lekh ko madhyam bata Italy ko sayar garera tes deko barema janna pauda hajur lai dhanyabaad na diee rahana sakdina...
ReplyDeletehehe.. sathi haru sanga man ka kura .
ReplyDeletebhag 1 bhanne pachi ta aru bhag chittai padna payincha hola ni...
ReplyDeleteawashya.. :-D
Delete