प्रिय साथीहरु,
देस फेरी १ बर्षे संविधान सभा म्याद थपको बाटोमा छ। म्याद थप्न नदिने हो भने देस झन् बिकराल र जर्जर होला भन्ने पिर थप्न दिउँ फेरी आर्को जेठमा 'ज्या.....' होला भन्ने डर। यस्तो कांजे परिस्थितिमा पुगेको छ कि फर्कनलाई हाल सम्भब पनि छैन र बुद्धिमानी पनि नहोला सायद तर यस्तै हालतमा त तेस्ता जेठ त कति आउला-आउला। हुनत संविधान लेखेर नै सबै कुरा ठिक ठाउँमा आउंछ भन्ने त होइन तर यो पनि नयाँ नेपालको भब्य सुरुवातको लागि प्रमुख कडी हो। नयाँ नेपाल पछी पनि आज यो परिस्थितिमा देस पुग्नुमा 'खाई बिर्सुवा' नेताको मात्र होइन पार्टी विचारको आसक्ति र तपाई हामी बस्ने समाजको मौनताको पनि उत्तिकै हात छ। नेताहरुको हेपाहा प्रबित्ति प्रति रोष पोख्न्न बाटो र देस बन्द गरि मुख्य मुद्दालाई राजनीतिकरण गर्ने गैर जिम्मेबार र घामड प्रबृत्तिको पनि उत्तिकै हात छ। नेताहरुलाई बन्दले छुन्छ र !! छुने भए ६ दिन काठमाडौँ बन्द गर्दा मावोबादीले ठुलै परिवर्तन गर्नु पर्ने होइन र? खैर, हामीलाई बुर्जुवा अैरे-खैरे संग न कही लिनु न कही दिनु.
कुरो गरौ हाम्रो---"रामपुरेको"। नेपालभरि नदेखेका कलाकार हामीले रामपुरको पहिलो वर्षमा देख्यौ। नमुना-नमुना। कोही साधक कोही सोसक र कोही सेवक.. २-४ जना रामपुरे भेट हुनपर्छ नानाभाँतीका कुरा गरेर २-४ घण्टा त तेस्सै बित्छ। केरा-कटहर चोरे देखि, टाउका टाउका फोरेसम्मका गफ। धेरैले कम्तिमा २ वर्ष र बढीमा ६ वर्ष संगै बिताएका छन् त्यो अजबको पर्खाल भित्र। कतिको लागि यो त त्यो समय कहाली लाग्ने घन घस्या भो होला कतिको लागि चै 'प्रिये' भन्दा पनि प्रिय। वादप्रतिवाद, खेलकुद, झगडा, नाच्गनामा तेत्तिका वर्ष कसरि गयो पत्तै भएन। तर अचम्म छुट्ने बेला त झनै सबै नमुना-नमुना। सबै साधक-सबै सोशक--सबै सेवक.... कसरि? रामपुरमा एउटा रोग छ 'राजनीति'। जस्तै मै हुँ भन्ने पनि आन्त्यमा घुडाँ टेकेको नै हुन्छ यसको आगाडी। काटार जस्तो धारिलो भएर निस्कन्छ रामपुरे।कलाकार, गफाडी, नेता, खुराफाती, खेलाडी, भएर निस्किन्छ रामपुरे। देस खाई सेष पल्टन्छ, बाग खाई शेर हुन्छ रामपुरे। चन्दा, सहयोग, दान, सेवा गरिबीमा कुबेर हुन्छ रामपुरे। पहिलो वर्षको मित्रता, दोस्रो वर्षको अफ्टेरोपन तेस्रो वर्षको दुरी र चौथोबर्सको दुस्मनी, सबै इमान्दारीका साथ निभाउछ रामपुरे। केटीहरु माझ कस्तो थ्यो कुन्नि केटाहरुको लडाई, कुटा कुट, भकुरा भकुर बडो संघर्स पूर्ण हुन्थ्यो। मानौ कुनै मेडल नै जितिन्छ कि जस्तो। मानौ रामपुर बनाउने ठेक्का आफैले लिएको र आफु भएन भने रामपुरले गति नै पाउँदैन जस्तो। अन्त्यमा पोका पुन्तुरो बोकेर घर तिर लाग्ने बेला उस्तै जिन्ग्रिंग रामपुर हेर्दै जानु र पछी भाकुरेको साथीसंग संगै भट्टीमा दारु खाने बेला आफैलाई 'बुइश'(इस) ...... भन्नु मात्र हो। तर एकचोटी रामपुरको पर्खालबाट बाहिर निस्केपछि बिहानीको सित जस्तै अलोप भै दिन्छ रामपुरे र तिनै रामपुरेसंगै रामपुरले सिकाएका कला बिलय हुन्छ। आखिर के त्यै पर्खाल भित्रको गृहयुद्धको योद्धा मात्र हो त रामपुरे? आफ्ना आफ्नै संग निहुँ खोज्न सिपालु र आफ्नोलागी मात्र कलाकार, गफाडी, नेता, हुन सक्ने दाउपेचि मात्र हो त रामपुरे? रामपुरमा बस्दा सगज, सबल, उत्साही रामपुरेले ४६ साल देखि ६२-६३सम्म यो देसको लागि लडेको देखिन्छ। दिसा निर्देस गर्न सक्ने क्षमतावान रामपुरे, कोहि भन्दा कोहि कम नभएका जर्जर मैदानमा टिक्न सक्ने रामपुरे, कुन बार्दलीको फुल गोड्न फुर्सद पाउंदैन कुन्नि जहिले छायाँको छायाँ हुन्छ। भिडमा आफ्नो पहिचान छाप्न सक्दैन रामपुरे र मात्र कोठे गफाडी वा कोठे खेलाडीमा सिमित हुन जान्छ। कि जुट्न सक्दैन आफु-आफु रामपुरे? बर्षौ वर्ष आफु-आफु टुट्ने र छुट्ने पाठ पढेको रामपुरे? फेरी पोकापुन्तुरा बोक्दै नेपालको पर्खाल परबाट हेर्दा पनि जिंग्रिङ्ग लाग्ला उही रामपुर जस्तै।
एक एक रामपुरे कुनै नेता भन्दा कम छैन. एक चोटी घन्क्यो भने सारा भिडको सनक उकास्न सक्छ रामपुरे। एउटा एउटा सयौ बराबर हो रामपुरे। तर खोइ छद्मभेषमा कता कता NGO, INGO, वा सरकारी भुँडी हाल्न ब्यस्त छ रामपुरे। छोयेला-कचयेला, बिदेसीदारु र बिदेसी परिवेसमा ओदानको भ्यागुतो जस्तै मस्त छ रामपुरे। देस डडी रहेको थाहा हुँदा हुँदै केही हुनेवाला छैन भनेर रिमोटले tv का channel फेर्दै छ रामपुरे। तिमी कहाँ छौ? के गर्दै छौ? किताब बाहिरको आनेक कुरा, जागिर बाहिरका आनेक हत्कण्डा जानेको रामपुरे आज आफ्नो आफ्नो ठाउँबाट देस प्रति समर्पित कार्यक्रम किन ल्याउन सक्दैन? जिल्ला जिल्ला, सहर सहर, गाउँ गाउँ पसेका, देस बिदेस बसेका सबै रामपुरे एकै स्वोर “खबरदार” किन गर्न सक्दैन? हिजो पर्खाल भित्र हुँदा त देसै थर्काउने गरेर बहदुल ले भनेका होइनौ? राजा फलदा हनुमानको पुछर जस्तो दनदनी बलेको होइनौ। कहाँ हरायो त्यो इक्षा सक्ति कहाँ नादमस्त छौ रामपुरे? कि आझै नेता भक्ति, पार्टी आसक्ति जीवित छ अंतर हृदयमा? कुहिएका नेताहरुसंग गानाएको प्रसाद त पक्कै चाहँदैनौ होला? त फेरी केकोलागी यो भद्र स्वभाव? आन्दोलित होउ!! जाग!! जहाँछौ त्याबाट आन्दोलित होउ जे साक्छौ त्योबाट आन्दोलित होउ? बिरोध गर, भत्सना गर, तिमि मृत छैनौ भन्ने तरङ्ग फैलाउ. जाग रामपुरे जाग !! ढिलो नहुँदै जाग !!
"फेसबूके"ले गरेका एउटा प्रयासको नमुना येस्तो छ,
https://www.facebook.com/nepalunites
This article touched me for many reasons. Mine experiences towards Rampur(4 yrs), howsoever i was born there and grew up is same as yours... The politics there is just a mere "Kothe rajniti" just to get hold of a room and/or have food at mess..... Rampur has seasoned us a lot. Its like a fire of blacksmith that make the iron stronger and stronger... Despite many flaws in the 4 yrs stay, Rampur has taught me to struggle in the extremes.
ReplyDelete